PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

सौगातको ‘घनचक्कर’ हेर्न सिनेमा हल पुगेनन् दर्शक



पहिलोपोस्ट

सौगातको ‘घनचक्कर’ हेर्न सिनेमा हल पुगेनन् दर्शक

काठमाडौं : गत शुक्रवार सौगात मल्ल अभिनित फिल्म 'घनचक्कर' रिलिज भएको थियो। तर यो फिल्म धेरै समय हलमा टिक्न सकेन। यस फिल्मको शोहरू मल्टिप्लेक्स हलहरूले आइवारबाट हटाइएका छन्।

दर्शक नआउँदा फिल्मको शोहरू हटाउनु परेको बिग मुभिजका म्यानेजर दिपेश शर्माले जानकारी दिए। 'हामीले शुक्रवार र शनिवार यस फिल्मलाई शो दिएका थियौं। तर दुवै दिन दर्शकहरू आएनन्। पहिलो दिन त एकजना पनि दर्शक आउनु भएन। दोस्रो दिन चार/पाँच जना मात्रै आउनुभयो। त्यसैले शो हटाउन बाध्य भएका हौं।' उनले भने।

बलिउड फिल्मको तुलनामा नेपाली फिल्म 'कबड्डी ४' र 'चिसो मान्छे' को व्यापार भने राम्रो रहेको उनले सुनाए।

बिग मुभिजका साथै क्युज सिनेमाज, वान सिनेमाज लगायतका हलहरूबाट पनि फिल्म 'घनचक्कर' उत्रिसकेको छ। त्यसैगरि, देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्सले पनि उपत्यकाका हलहरूमा फिल्म 'घनचक्कर' लाई हटाइसकेको छ। तर उपत्यकाबाहिर दमौलीको हलमा भने आज एक शो दिएको छ।

यसअघि सौगातको मुख्य भूमिका रहेको फिल्म 'मन्त्र' ले पनि निकै कमजोर व्यापार गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell