
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले दुई वटा निर्णय पनि गरेका छन्।
उनले कोभिड-१९ संक्रमणको महामारीले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरुलाई कार्ययोजनाकै ढंगले लैजाने निर्णय गरेका छन्। प्रतिवेदनको अध्ययन गरेर कार्ययोजना बनाउने र पेश गर्ने गरी सात दिनको म्याद दिएर समिति बनाइएको छ।
त्यस्तै, काठमाडौं उपत्यकाका विभिन्न साँस्कृतिक सम्पदाहरुको निर्माणसम्बन्धमा अध्ययन गर्ने तथा हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने र त्यसका अतिरिक्त उपत्यकामा विभिन्न साँस्कृतिक पदमार्गहरुको निर्माणसम्बन्धि अध्ययन गर्ने समेत मन्त्री श्रेष्ठले निर्णय गरेका छन्।