PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

आमाबुवा बन्दै आलिया र रणवीर



पहिलोपोस्ट

आमाबुवा बन्दै आलिया र रणवीर

बलिउडको चर्चित जोडी आलिया भट्ट र रणवीर कपुर आमाबुवा बन्ने भएका छन्। आलियाले आफू गर्भवति भएको खबर इन्स्टाग्राममार्फत जानकारी दिएकी हुन्।

इन्स्टाग्राममा एक फोटो हाल्दै उनले लेखेकी छिन्, ‘हाम्रो बच्चा चाँडै आउँदैछ'। 

फोटोमा आलिया अस्पतालको बेडमा गर्भवस्था जाँच गराइरहेको देख्न सकिन्छ। रणवीर पनि आलियाको छेउमै छन्। उक्त पोस्टसँगै फ्यानहरूले आलिया र रणवीरलाई बधाई दिइरहेका छन्।

गत अप्रिल १४ मा आलिया र रणवीर वैवाहिक बन्धनमा बाँधिएका थिए। रणवीर र आलियाको मुख्य भूमिका रहेको फिल्म 'ब्रह्मास्त्र' आगामी ९ सेप्टेम्बरमा प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell