PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कम्युनिष्ट आन्दोलन जबजकै कारण नयाँ उचाइमा पुग्यो : एमाले उपाध्यक्ष पौडेल



पहिलोपोस्ट

कम्युनिष्ट आन्दोलन जबजकै कारण नयाँ उचाइमा पुग्यो : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताको बहुदलीय जनवादका कारण नेपाली कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्। मदनकुमार भण्डारीको ७१औँ जन्म जयन्तीका अवसरमा आज तिलोत्तमामा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा उनले मदन भण्डारीले विचारको भण्डार सुम्पिएर गएको उल्लेख गर्दै जनताको बहुदलीय जनवाद नभएको भए नेपालमा कम्प्युनिष्ट आन्दोलनले यति उचाइ प्राप्त गर्न नसक्ने बताएका हुन्।

पाँचौँ महाधिवेशनमा पार्टीको नीति र सिद्धान्त कस्तो हुने भन्ने विषयमा व्यापक छलफल पश्चात मतदानमार्फत जनताको बहुदलीय जनवाद पारित भएको स्मरण गर्दै उनले जबजको धेरै ठूलो अर्थ भएको बताए।

‘हामी अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्छौँ। अभिव्यक्ति स्वतन्त्रताले गल्ती गर्नबाट जोगाउँछ’, उनले भने। जनताको अनुमोदनमा मात्रै पार्टी शासन सत्तामा रहन सक्छ भन्ने कुरामा स्पष्ट रहँदै आवधिक निर्वाचनमा जाने मान्यतालाई जबजले आत्मसात गरेको बताए। नेपालको श्रमजीवी वर्गले विभिन्न चुनौतीको सामना गर्ने क्रममा नयाँ खोजीको आवश्यकता महसुस गरी वर्ग सङ्घर्ष र व्यवहारिक प्रयोगका सन्दर्भमा यो मार्गदर्शन आएको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell