PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नविना लामाको प्रश्न : चुलो बाल्न मुस्किल भएका बेला हैजाको उपचार पाउँछन् कि पाउँदैनन्?



पहिलोपोस्ट

नविना लामाको प्रश्न : चुलो बाल्न मुस्किल भएका बेला हैजाको उपचार पाउँछन् कि पाउँदैनन्?
फोटो : न्युज एजेन्सी नेपाल।

काठमाडौं : नेकपा (एमाले)की सांसद नविना लामाले हैजा रोग न्यूनिकरणको लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छिन्। सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै सरकार यसमा गम्भीर बन्नुपर्ने बताएकी हुन्।

उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरुमा हैजाको समस्या देखा परेको भन्दै सामान्य जनताले महँगीको बेलामा सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन्। सांसद लामाले सरकारले हैजाको बारेमा मूल्यवृद्धिको चापमा परेका जनताको समस्यालाई बुझ्ने गरेर उपचार हुने व्यवस्था गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘अहिले विशेष गरेर बच्चाहरुमा झाडा पखाला, हैजाजस्ता रोगहरु लागिरहेको छ। त्यो पनि काठमाडौंमा बच्चाहरुमा धेरै देखिएको छ। यसको बारेमा सामान्य जनताले यस्तो महँगी र मूल्यवृद्धिको बेलामा चुलो बाल्न मुस्किल भएको बेलामा यस्तो रोग आउँदा उपचार पाउँछ कि पाउँदैन? यस्तो त्रासमा जनता छन्। सरकारको योजना के छ? त्यसको बारेमा गम्भीर बन्नुपर्छ।’

सांसद लामाले हैजा रोकथाम र न्यूनिकरणका लागि प्रदेशदेखि स्थानीय तहसम्म जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताइन्।

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या बढ्दो छ। हालसम्म काठमाडौं उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell