PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

प्रचण्डको आरोप : शोधनान्तर घाटाको प्रणेता र जन्मदाता ओली नेतृत्वको सरकार र युवराज खतिवडा



पहिलोपोस्ट

प्रचण्डको आरोप : शोधनान्तर घाटाको प्रणेता र जन्मदाता ओली नेतृत्वको सरकार र युवराज खतिवडा

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा शोधनान्तर घाटाको प्रणेता र जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा भएको आरोप लगाएका छन्। नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नरबहादुर कर्माचार्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको भाषणप्रति लक्षित गर्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन्।

कार्यक्रममा प्रचण्डअघि भाषण गरेका पोखरेलले वर्तमान सरकार शोधनान्तर घाटामा रहेको टिप्पणी गरेका थिए। भाषण सकेर हिँडेका पोखरेललाई प्रचण्डले जवाफ दिएका हुन्।

प्रचण्डले भने, ‘मलाई भन्न के मन थियो उहाँलाई भने शंकरजी, हामीहरु यहाँ अगाडि हुँदा यसरी नबोल्नुस् न, यसरी कसरी बोल्न सक्नुभयो भन्न मन थियो। हाम्रो अगाडि उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नभयो, त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो।’

प्रचण्डले ओली नेतृत्वको सरकारले नै एसपीपी गरेर सैन्य गठबन्धनतिर देशलाई लैजाने सुरुवात गरेको भन्दै यसको जिम्मा पनि ओलीले नै लिनुपर्ने बताए।

‘ओली नेतृत्वको सरकारले नै एसपीपी गरेर सैन्य गठबन्धनतिर देशलाई लैजाने सुरुवात गरेको हो। र, यसको जिम्मा उनले नै लिनुपर्छ। हामी चाहीँ मान्दैनौँ,’ उनले भने।

एमसीसीबारे दस्तावेजीकरण गर्ने पहिलो दस्तावेज आफूले नै लेखेको प्रचण्डले दावी गरेका छन्। एमसीसीको बारेमा अध्ययन गर्न झलनाथ खनालको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि आफूले नै राखेको उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell