काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आयरल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा बेलायतका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको जानकारी दिएको छ।
‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ।