PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक



पहिलोपोस्ट

डाक्टर प्रीति बनिन् सगरमाथा आरोहण गर्ने पहिलो महिला चिकित्सक

काठमाडौंः नेपालको पहिलो महिला चिकित्सकको रूपमा डाक्टर प्रीति भुसालसहितको टोलीले सगरमाथा आरोहण गरेको छ। वैशाख २९ गते भुसालसहितको टोलीले आरोहण गरेको हो। पर्वतारोही पेम्बा दोर्जी शेर्पाको नेतृत्वमा टोलीले आरोहण गरेको हो।

कोभिड १९ विरुद्धको लडाईंमा अग्रपङ्तिमा रहने चिकित्सक, फर्मासिष्ट, नर्स, अस्पताल प्रशासनका कर्मचारी, एम्बुलेन्स चालक, सामाजिक कार्यकर्तालगायतको योगदानको सम्मान गर्न सगरमाथा आरोहण गरेको भुसालको भनाई छ।

जलवायु परिवर्तनको असर कम गर्नुको विकल्प नरहेको सन्देश दिनु पनि आरोहणको दोस्रो लक्ष्य रहेको उनले बताइन्।

भुसाल धापासीस्थित ग्रान्डी अस्पतालमा कार्यरत छिन्।

सन् २०२२ को सेप्टेम्बर, अक्टोबर मनास्लु र अमादब्लम शिखर चढ्ने योजना बनाएको उनले बताइन्।

भुसालले सगरमाथामा प्रदुषण बढ्दै गएकाले समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण समेत गराएकी छिन्। शिविर नम्बर ४ मा प्रदुषण अत्यधिक बढेकाले तत्काल सफाइ आवश्यक भएको उनले बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell