PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई बिक्रीमा रोक



पहिलोपोस्ट

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई बिक्रीमा रोक
Photo : Getty Images

श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो।

जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन।

यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ।

श्रीलंकाको सरकारले इन्धन आपर्तिलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ। उनीहरुले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन माग गरिरहेका छन्।

कोरोना भाइरस महामारी, कर कटौती र उर्जा संकट बढेपछि श्रीलंका अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन परिस्थितिमा रहेको सरकारका प्रवक्ता बन्दुला गुनेवर्दनाले बताएका छन्।

हाल श्रीलंकामा ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोलमात्र बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell