PahiloPost

Mar 29, 2026 | १५ चैत्र २०८२

असार २४ गते रिलिज हुँदै 'दोख', ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

असार २४ गते रिलिज हुँदै 'दोख', ट्रेलर सार्वजनिक

काठमाडौं : अनुप बराल निर्देशित फिल्म ‘दोख’ को ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा माओवादी द्वन्द्वकालमा भएको दुई गाउँबिचको झगडाको विषयवस्तुलाई प्रस्तुत गरिएको छ।

सामुदायिक वनको स्वामित्वलाई लिएर गाउँ विभाजित भएको र वनमाथि स्वामित्व पाउन दुई गाउँबिच फुटबल प्रतियोगिता आयोजना भएको ट्रेलरमा देख्न सकिन्छ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा राजन कठेतको लेखन रहेको छ।

फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ,रोय दिभ, राज थापा काउछा, सुरज मल्ल,  कमल देवकोटा, साजन थापा मगरलगायतका कलाकारहरुको अभिनय छ।

माओवादी द्वन्द्वकालको परिवेशमा निर्माण गरिएको यो फिल्म आगामी २४ गते रिलिज हुँदैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell