PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

पहिरोका कारण बिहानैदेखि पाल्पा-बुटवल सडक अवरुद्ध, अलपत्र परे यात्रु



रासस

पहिरोका कारण बिहानैदेखि पाल्पा-बुटवल सडक अवरुद्ध, अलपत्र परे यात्रु
फाइल फोटो।

रामपुर : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। अबिरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो। आज बिहानदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भएपनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा आवतजावतमा यात्रुलाई कठिनाई परेको छ। सडक बन्दले यस राजमार्ग भएर गुड्ने कुनैपनि सवारीसाधन चलेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell