PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडक एकतर्फी रुपमा आयो सञ्चालनमा



पहिलोपोस्ट

पहिरोले अवरुद्ध भएको बुटवल-पाल्पा सडक एकतर्फी रुपमा आयो सञ्चालनमा

बुटवल : मंगलवार बिहानैदेखि अवरुद्ध भएको बुटवल-पाल्पा सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाणले जानकारी दिए।

पानीसँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित ड्याम साइड, सिद्धबाबा लगायतका क्षेत्रमा पहिरो खसको थियो। सडक सञ्चालनमा आएसँगै सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङजा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन गन्तव्यमा जान हिँडेका छन्।

बुटवल-पाल्पा सडकखण्डको यो क्षेत्रमा हरेक वर्षायाममा निरन्तर पहिरो झर्ने गरेको छ। पहिरो झरिरहने भएकाले बुटवलदेखि झुम्सासम्मको सडकलाई असुरक्षित मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell