PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

अमेरिकामा प्रधानसेनापति प्रभुराम शर्मा, मेरिन कर्प्सको भ्रमण



पहिलोपोस्ट

अमेरिकामा प्रधानसेनापति प्रभुराम शर्मा, मेरिन कर्प्सको भ्रमण

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन्। लेबनान र सिरिया भ्रमण सकाएर उनी आइतवार अमेरिकाको औपचारिक भ्रमणमा पुगेका थिए।

सोमबार उनले क्वान्टिको भर्जिनियास्थित नेशनल म्यूजियम अफ दी मेरिन कर्प्स र मेरिन कर्प्स बेसको अवलोकन भ्रमण गरेका थिए। त्यसक्रममा शर्माले मेरिन कर्प्स वार फाइटिङ ल्याब्रटरीका कमान्डिङ जनरल बिग्रेडियर केल बि इलिसनसँग छलफल गरेका थिए।

यस्तै, शर्माले भर्जिनियामै रहेको मेरिन कर्प्स कमान्ड एन्ड स्टाफ कलेजको भ्रमण समेत गरेका तिए। त्यसक्रममा उनले कलेजले प्रदान गर्ने तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएका थिए। त्यसअघि आइतवार उनले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग पनि शिष्टाचार भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell