PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

अजरबैजान प्रस्थान गरे सभामुख सापकोटा



पहिलोपोस्ट

अजरबैजान प्रस्थान गरे सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल अजरबैजानको बाकुमा हुने ‘नन एलाइन्ड मुभमेन्ट पार्लियामेन्ट नेटवर्क’को सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेको छ। सम्मेलन यही असार १६ देखि १८ गतेसम्म हुँदैछ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य पुष्पा भुसाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक छन्। उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरूका संसद्बीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवलायका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।

सम्मेलनले वाकु घोषणापत्र जारी गर्ने कार्यक्रम छ। सम्मेलनका क्रममा सभामुख सापकोटाले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने बताइएको छ।

नेपाली प्रतिनिधिमण्डल असार १९ गते आइतबार बेलुका स्वदेश फर्कनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell