PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

भक्तपुरमा रिसोर्टमा लगेर युवतीको बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ



पहिलोपोस्ट

भक्तपुरमा रिसोर्टमा लगेर युवतीको बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

काठमाडौं : एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-९ बाँसघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

युवतीलाई  मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको उने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell