PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बिर्तासिटी अस्पतालका एक कर्मचारी सुतेकै स्थानमा मृत फेला



रासस

बिर्तासिटी अस्पतालका एक कर्मचारी सुतेकै स्थानमा मृत फेला

बनियानी : झापाको बिर्तामोड नगरपालिकास्थित बिर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्।

अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए। गौरादह-३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ।

‘शरीरमा कुनै चोटपटक छैन’, प्रहरी निरीक्षक तिम्सिनाले भने, ‘घटनका सम्बन्धमा अनुसन्धान भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell