PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरकारले मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ : मन्त्री चौधरी



पहिलोपोस्ट

सरकारले मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको छ : मन्त्री चौधरी
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका छन्। मंगलवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने बताएका हुन्।

उनले सरकारले निर्वाचन गर्ने मिति नै नतोकेको भएपनि दुई/तीन महिनामा निर्वाचन घोषणा गर्ने तयारी रहेको बताए।

उनले भने, ‘मैले ठ्याक्कै भन्न सक्दिनँ तर मंसिरको २१ गते हुनेगरी अबको दुई/तीन महिनापछि  सरकारले आगामी संघ र प्रदेशको निर्वाचन घोषणा गर्छ होला।’

मन्त्री चौधरीले मन्त्री पदमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धतासमेत जनाए। उनले मुलुकलाई सही बाटोमा लैजाने राम्रो भिजन भएको नेतृत्वको कमी रहेको बताए।

‘मन्त्री रहँदासम्म इमान्दार रुपमा काम गर्छु। अब पनि इमान्दार भइएन, मन्त्री नै इमान्दार भएन भने के हुन्छ। त्यसैले सबै जना इमान्दार भएर काम गर्नुपर्छ। यो देश जोगाउनको लागि सबैले आफ्नो योगदान गरौँ। हामी यो मुलुकलाई बनाउने हो भने प्रधानमन्त्री, मन्त्री इमान्दार भएर मात्रै पुग्दैन, सबै नागरिक र कर्मचारी पनि इमान्दार हुनुपर्छ।’

मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु मात्रै इमान्दार भएरमात्रै मुलुक नबन्ने भन्दै सबै नेपाली नागरिक समेत इमान्दार हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell