PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

३३ दिनमा सकियो ‘के घर के डेरा’ को छायाङ्कन



पहिलोपोस्ट

३३ दिनमा सकियो ‘के घर के डेरा’ को छायाङ्कन

काठमाडौं: दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ को छायाङ्कन सकिएको छ। 'इन्ड क्लाप' गर्दैँ ३३ दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सम्पन्न भएको खनालले  बताएका छन्।

फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको यस फिल्मको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।

फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell