PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

वामदेव गौतमको पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान



पहिलोपोस्ट

वामदेव गौतमको पार्टीको नाम : नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान

काठमाडौं : वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेका छन्। नेकपा एमाले त्याग गरेर वाम एकताको अभियानमा लागेका गौतमले आज नयाँ पार्टी घोषणा गरेका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रमा उनले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्। पार्टीको संयोजकमा वामदेव गौतम आफै छन्। पार्टीको केन्द्रीय कमिटीमा ७५ जना सदस्य रहेनछन्।

पार्टीमा  स्थायी कमिटी निर्माण हुनेछ जसमा १५ जना नबढ्ने गरि सदस्य रहनेछन्। बहुपदीय प्रणालीमा पार्टी चल्ने बताइएको छ।

प्रत्येक प्रदेशको इन्चार्जको जिम्मेवारी बहन गर्ने गरि ७ जना उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव पार्टीमा रहनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell