PahiloPost

Jun 16, 2026 | २ असार २०८३

सोमवार साँझदेखि हराएका जोशी महाकाली सिँचाइको नहरमा मृत फेला



रासस

सोमवार साँझदेखि हराएका जोशी महाकाली सिँचाइको नहरमा मृत फेला

महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका-७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए।

‘अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ’, प्रहरी निरीक्षक बमले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’

मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमवार साँझदेखि घर फर्किएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell