PahiloPost

Jul 21, 2025 | ६ साउन २०८२

सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने पक्राउ



पहिलोपोस्ट

सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने पक्राउ

काठमाडौं : सरकारी नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको हो।

तिमल्सिनाले पाटन बहुमुखी क्याम्पसबाट मानविकी तथा समाजशास्त्र संकायमा स्नातक उत्तीर्ण गरेको चारित्रिक प्रमाणपत्र पेश गरेका थिए। गत वर्ष चैत ६ गते उनले बोर्डमा निवेदन पेश गरेका थिए। बोर्डमा पेश गरेको निवेदनका साथमा संलग्न प्रमाणपत्रकै आधारमा उनलाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए।

ललितपुर १३ कुसुन्तिका उनलाई थसिखेलबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो। उनलाई अदालतबाट पाँच दिन म्याद लिई अनुसन्धान भइरहेको प्रवक्ता महतोले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell