PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

बुटवलमा सञ्चालित ई-रिक्साको न्यूनतम भाडा बढ्यो



पहिलोपोस्ट

बुटवलमा सञ्चालित ई-रिक्साको न्यूनतम भाडा बढ्यो

बुटवलः बुटवलमा सञ्चालित अटो रिक्सा (ई–रिक्सा) को भाडादर बढेको छ। ई-रिक्सा सञ्चालनमा आएको झण्डै ८ वर्षपछि न्यूनतम २५ रूपैयाँ रहेको भाडामा ५ रूपैयाँ वृद्धि गरिएको हरियाली यातायात प्रालिका अध्यक्ष कृष्ण तिवारीले जानकारी दिए।

व्यवसायी, चालक र नगरबासीको छलफलबाट मंगलबारदेखि लागू हुनेगरि भाडा बढाइएको हो। न्यूनतमभन्दा बढीको भाडादर भने यात्रु र चालकको सहमतिमा तय हुने जनाइएको छ।  

भाडा वृद्धिको जानकारी प्रालिले बुटवल उपमहानगरपालिकालाई गराइसकेको छ। बुटवलमा एक हजार ४४० ई-रिक्सा दर्ता छन्।

अहिले राजमार्ग चौराहा, बेसक्याम्प, पुरानो बसपार्क, मिलनचोक, गोलपार्क, देवीनगर चौपारी, योगीकुटी, नयाँ बसपार्क, पुष्पलाल पार्क, हिलपार्क ट्राफिकचोक, आम्दा अस्पताललाई केन्द्र मानिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell