PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित



पहिलोपोस्ट

‘ह्रस्व दीर्घ’ मा ब्रह्मानन्दम अनुबन्धित

काठमाडौं: नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा दक्षिण भारतीय चर्चित हाँस्य कलाकार ब्रह्मानन्दम अनुबन्धित भएका छन्। नीता फिल्मसले निर्माण गर्ने यस फिल्ममा ब्रह्मानन्दमले अभिनय गर्ने पक्का भएको अभिनेत्री नीता ढुंगानाले फेसबुकमार्फत जानकारी दिएकी छिन्।

फिल्म ‘ह्रस्व दीर्घ’  टिम र ब्रह्मानन्दमबिच अभिनयका लागि सम्झौता भइसकेको छ। ब्रहमानन्दमलाई कलाकारको रूपमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको नीताले उल्लेख गरेकी छिन्।

यसअघि पनि यस फिल्ममा भारतीय कलाकार सुनिल वर्मा, प्रदीपराज रावत,अली समेत अनुबन्धित भइसकेका छन्। फिल्मलाई बलिउड सिनेमेटोग्राफर कविर लालले खिच्ने बताइएको छ।

चन्द्र पन्तको निर्देशन रहने यस फिल्ममा हरिहर अधिकारी र नीता ढुंगानाको मुख्य भूमिका रहनेछ। साथै फिल्ममा सरोज खनाल र सलोन बस्नेत लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell