PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक बोलाउन माग



पहिलोपोस्ट

एमालेद्वारा गण्डकी प्रदेश सभा बैठक बोलाउन माग

काठमाडौं : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ। आज पत्रकार सम्मेलन आयोजना गरेर संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताएका हुन्।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९-८० को बजेट छलफल गरि पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबिच बजेटको भागबण्डामा अलमलिएको नेता गुरुङले आरोप लगाए।

बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उनले यो कार्य संसदीय अभ्यास, विधि कानुन विपरीत भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell