
काठमाडौं : आज असर १५। देशभर रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ।
यसै अवसरमा नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले पनि धान रोपाइँ गरेकी छिन्। नुवाकोट पुगेर भोल्कले स्थानीय महिलाहरुसँगै धान रोपाइँ गरेकी हुन्।
उनले धान रोपाइँ गर्दै गरेका सबैलाई शुभकामना दिँदै राम्रो उब्जनीको कामना गरेकी छिन्।