PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा



पहिलोपोस्ट

कुटपिटमा संलग्न लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएकी छन्। पटक-पटक विवादमा पर्दै आएकी राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्।

नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य सुदर्शन बरालले राज्यमन्त्री वलीले राजीनामा दिएको पुष्टि गरे। गत जेठ ३१ गते प्रेमी भनिने दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीमाथि हातपात गरेपछि उनी पुनः विवादमा तानिएकी थिइन्।

बस्नेतको घरमा आफ्नो निजी सुरक्षा गार्डसहित प्रवेश गरेर आतङ्क मच्चाएकी उनलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त घटनाको विषयमा छानबिन गर्न प्रदेश सरकारले समिति गठन गरेको थियो। छानबिन समितिको प्रतिवेदन आउनुअघि नै उनले राजीनामा दिएकी हुन्। उक्त समितिले बुधवार प्रतिवेदन बुझाउँदै छ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख)मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि विमलाले माओवादी केन्द्र रोजेकी थिइन्। त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो।

लुम्बिनी प्रदेशमा एमालेको सरकार ढाल्न निर्णायक बनेकी विमला कहिले एमाले त कहिले माओवादी बनेर पनि चर्चामा आएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell