PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

चिनियाँ सूचना प्रणालीमाथि हमला गर्न अमेरिकाले नयाँ साइबर हतियार बनाएको दाबी, 'ट्रोजन हर्स प्रोग्राम' को टार्गेटमा कुन कुन देश?



पहिलोपोस्ट

 चिनियाँ सूचना प्रणालीमाथि हमला गर्न अमेरिकाले नयाँ साइबर हतियार बनाएको दाबी, 'ट्रोजन हर्स प्रोग्राम' को टार्गेटमा कुन कुन देश?

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले चिनियाँ कम्पनीहरु माथि साइबर आक्रमणका लागि नयाँ हतियार परिचालन गरेको दाबी गरिएको छ। चीनको आधिकारिक भाइरस इमरजेन्सी रेस्पोन्स सेन्टरले अमेरिकाले नयाँ हतियारको परिचालन गरेको खुलासा गरेको हो। यसलाई एनएसएको कम्प्युटर ह्याकिङ अप्रेसन टिमले मुख्य औजारको रुपमा प्रयोग गरिरहेको र यसले चीन र रुसलाई केन्द्रमा राखेर विश्वलाई नै लक्षित गरिएको उल्लेख गरिएको छ। 

अमेरिकाको यस कदमले चीन ठूलो साइबर युद्धको तयारी गरिरहेको आशंका गरिएको ग्लोबल टाइम्सले जनाएको छ। पछिल्लो समय चीनका अनुसन्धान संस्थाहरुले भ्यालिडेटर ट्रोजन (कम्प्युटर मालवेर) सम्बन्धि गतिविधिका छापहरु फेला पारेका थिए। चीनको इन्टरनेट सेक्युरिटी कम्पनी ३६० को रिपोर्टले त्यस्ता भ्यालिडेटरहरु देखाएको छ जुन इम्बेडेड ट्रोजन हुन। यी ट्रोजनहरु रिमोट मार्फत वा हातैले विन्डोज ९८ देखि विन्डोज सर्भर २००३ सम्मका कुनै विन्डोज अप्रेटिङ सिस्टममा परिचालन गर्न सकिन्छ। 

यस्तै, यसले २४/७ अनलाइन संचालन क्षमता राख्छ। जसले एनएसए सिस्टम अप्रेटर र डाटा चोरहरुलाई कुनै फाइल डाउनलोड र अपलोड गर्न छुट दिन्छन्। यो हतियारले एनएसएलाई लक्षित प्रणालीको सूचना संकलन र थप परिस्कृत ट्रोजनहरुलाई 'इन्सटल' गर्न मद्दत गर्छ।

यसअघि यो कम्पनीले एनएसएले श्रृङ्खलावद्ध रुपमा साइबर हतियार प्रक्षेपण गरि सरकारी संस्थामाथि आक्रमण गरेको खुलासा गरेको थियो। यस्ता आक्रमणका बेला एनएसएले भ्यालिडेटरले प्रतिनिधित्व गर्ने ब्याकडोर प्रोग्रामहरु सामाविष्ट गर्ने गरेको छ। यस्ता प्रोग्रामहरु लक्षित प्रयोगकर्ताको इन्टरनेट टर्मिनलहरुमा लुकाउन सहज हुन्छ। ट्रोजनलाई एनएसएको 'एसिड फक्स' कै संस्करणको रुपमा लिइएको छ। 

रिपोर्टका अनुसार एसिड फक्स एनएसए अन्तर्गतको साइबर वारफेयर इन्टेलिजेन्स 'टेलर्ड एसेस अप्रेसन (टीएओ)' को महत्त्वपूर्ण पूर्वाधार हो। यो पूर्वाधार मार्फत अमेरिकाले अरु देशमाथि साइबर हमला अप्रेसन चलाउँदै आएको छ। टीएओ विशेष गरी चीन र रुसमा लक्षित गरिएको समर्पित सर्भर हो। 

बुधवार चीनको नेशसनल कम्युटर भाइरस इमरजेन्सी रेस्पोन्स सेन्टरका विज्ञले एसिड फक्स 'प्राविधिक हमला'का लागि चीन र रुसका कम्प्युटर इन्टिभाइरस सफ्टवेर माथि लक्षित गरिएको उल्लेख गरेका छन्। 

ती विज्ञले अमेरिकाले चीन र रुसमा इन्टरनेटमा मालिसियस प्रोग्राम इम्प्लान्ट गर्न र सूचना चोर्नका लागि साइबर इसोपियोनाज सर्भर परिचालन गरिरहेको बताएका छन्। अमेरिकाले साइबर अधिपत्य कायम गर्नका लागि विश्वलाई निगरानीमा राखिएकोसमेत बताएका छन्। यसअघि जुन १ मा एनएसएका निर्देशक तथा साइवर कमाण्डका प्रमुख जेन नाकासोनले रुस-युक्रेन संकटमा युक्रेनलाई सयोग गर्न रसियाविरुद्ध आक्रामक साइबर अप्रेसन संचालन गरिएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell