PahiloPost

Jun 26, 2025 | १२ असार २०८२

शुक्रवारबाट भारतमा प्रदर्शन हुँदैछ 'कबड्डी ४'



पहिलोपोस्ट

शुक्रवारबाट भारतमा प्रदर्शन हुँदैछ 'कबड्डी ४'

आगामी शुक्रवारबाट नेपाली फिल्म ‘कबड्डी ४’ भारतमा प्रदर्शन हुने भएको छ। भारतको ठूलो मल्टिप्लेक्स चेन पिभिआरले यस फिल्मको प्रदर्शन अधिकार किनेर फिल्मलाई प्रदर्शन गर्न लागेको हो।

पिभिआरले आफ्नो अफिसियल वेबसाइटमार्फत फिल्म ‘कबड्डी ४’ को ट्रेलर राखेको छ। यसरी भारतको ठूलो मल्टि चेनबाट पहिलोपटक नेपाली फिल्म रिजिल हुन लागेको हो। भारतका ७१ शहरमा पीभीआरका १७६ वटा सिनेमाहलहरू संचालनमा छन्।

भारतभर रिलिज हुने भनिए पनि सिक्किममा भने सो फिल्म प्रदर्शन हुने छैन। सिक्किम सरकारले यस फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाइसकेको छ।

नेपालमा प्रदर्शनरत रामबाबु गुरूङ निर्देशित ‘कबड्डी ४’ ले नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। ‘कबड्डी ४: द फाइनल म्याच’ नेपालकै सबैभन्दा बढि कमाउने फिल्म बनेको छ। मणिराम पोखरेल निर्माता रहेको यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा लगायतका कलाकारको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell