काठमाडौं : आज असर १५। देशभर धान रोपाइँ गरिँदैछ। मानो रोपेर मुरी फलाउने भएकाले पनि रोपाईँको रौनक मुलुकभरि नै हुने गर्छ। असार १५ लाई धान दिवस मनाउनुको कारण यही नै हो। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ।
किसानमात्र होइन असार १५ लाई जो सुकैले पनि पर्वकै रुपमा लिएका छन्। आजको दिन खेतमा धान रोपाइँ कार्यक्रम नै आयोजना गरिन्छ।
ललितपुरको छम्पीमा पनि आज धान रोपाइँ गरियो। बिहानदेखि परेको झरीबिच किसानले धान रोपेका थिए। युवादेखि पाको उमेरका मानिसहरु पनि हिलोसँग रमाउँदै धान रोप्दै गरेको देखिए। प्लास्टिक ओडेर किसानहरु धान रोप्न आज व्यस्त देखिए।