PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

एन्फाको नयाँ नेतृत्वलाई प्रधानमन्त्री देउवा र प्रचण्डको प्रतिबद्धता : फुटबलको विकासमा सहयोग गर्छौं



पहिलोपोस्ट

एन्फाको नयाँ नेतृत्वलाई प्रधानमन्त्री देउवा र प्रचण्डको प्रतिबद्धता : फुटबलको विकासमा सहयोग गर्छौं
तस्बिर: एन्फा

काठमाडौं: प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना दिएका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले बधाई तथा शुभकामना दिएका हुन्। कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलको विकासको लागि सरकारले सदैव सहयोग गर्ने बताए।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नवनिर्वाचित कमिटीलाई शुभकामना दिएका छन्। खुमलटारस्थित निजी निवासमा प्रचण्डले निर्वाचित पदाधिकारीलाई बधाइ दिँदै खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता गरेको एन्फाले जनाएको छ।

असार ६ गते भएको एन्फाको निर्वाचनमा नेम्वाङ चार वर्षका लागि एन्फा अध्यक्षमा निर्वाचित भएका थिए। 

निर्वाचित हुने अन्य टोलीमा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, उपाध्यक्षमा दावा लामा, दीपक खतिवडा, विराटजङ्ग शाही र दीर्घबहादुर केसी रहेका छन्। त्यसैगरी सदस्यहरुमा रवीन्द्र चन्द, अनिल मल्ल, भोजराज शाही, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, विजयनारायण श्रेष्ठ, रमेश व्यञ्जनकार, भरत बुढथापा, टीका लामा, मणिराज विष्ट र मनिष जोशी हुनुहुन्छ। महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ छन्। 

अध्यक्ष नेम्बाङलाई यसअघि फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोलगायत बंगलादेश, भुटान, कतार, जापानलगायतका फुटबल संघले शुभकामान दिएका छन्।‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell