
काठमाडौं : जापानको तापक्रम यतिखेर अत्याधिक वृद्धि भएको छ। बीबीसीका अनुसार जापानमा करिब १५० वर्षयताकै गर्मी भएको छ। बुधवार लगातार पाँचौदिन टोकियोको तापक्रम ३५ डिग्री सेल्सियस भन्दा माथि रह्यो। यस्तै, टोकियोको उत्तरपूर्वमा रहेको इसाकी शहरको तापक्रम ४०.२ डिग्री सेल्सियस मापण गरिएको छ। सन् १८७५ यो नै जापानमा हालसम्मकै बढी तापक्रम मापण गरिएको हो।
तापक्रमण वृद्धि भएसँगै अधिकारीहरुले उर्जा बचाउन नागरिकहरुलाई आग्रह गरेका छन्। यद्यपि, सरकारले भने ‘हिट स्ट्रोक’बाट बच्न एयर कन्डिस्नरको प्रयोग गर्न आग्रह गरेको छ। जापानका अस्पतालहरुमा अहिले बिरामीको चाप बढेपछि सकरारले यस्तो आग्रह गरेको हो। हालसम्म ‘हिट स्ट्रोक’का कारण ७० भन्दा बढी मानिसलाई अस्पताल भर्ना गरिएको छ।
मौसमविदहरुले तापक्रम आउने दिनहरुमा अझै बढ्न सक्ने बताएका छन्।