PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

असारे भाकामा गीत गाउँदै रोपाइँमा रमाए देशभरका किसान

असारे भाकामा गीत गाउँदै रोपाइँमा रमाए देशभरका किसान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : आज देशभर धान दिवस मनाइएको छ। धान रोपाइँ गरेर आज देशभर धान दिवस मनाइएको हो।

मानो रोपेर मुरी फलाउने सिजन भएकाले पनि रोपाईँको रौनकलाई असार १५ मा विशेष रुपमा लिइन्छ। आजको दिनलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। आजको दिनमा असारे भाकामा गीत गाउँदै धान रोप्ने चलन छ।

किसानमात्र होइन असार १५ लाई जो सुकैले पनि पर्वकै रुपमा लिएका छन्। आज देशभर धान रोप्न तयार पारिएका खेतमा धान रोपाइँ कार्यक्रम नै आयोजना गरिए।

अधिकांश स्थानमा परम्परागत रुपमा रोपारहरुले हातले धान रोपेका छन् भने केही स्थानमा नयाँ प्रविधिको मेसिनबाट पनि धान रोपिएको छ।

फोटोहरु सबै : रासस।



ट्रेन्डिङ पोस्ट

Ncell