PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

मनसुनी रेखा औसतभन्दा उत्तरतिर : यस्तो छ आज दिनभरको मौसम



पहिलोपोस्ट

मनसुनी रेखा औसतभन्दा उत्तरतिर : यस्तो छ आज दिनभरको मौसम

काठमाडौं : जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसका कारण देशभर सामान्य बदली रहेको छ। 'हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

हाल देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

राती भने मौसम केही सुध्रिन सक्ने बताइएको छ। 'राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा उल्लेख छ।

वर्षा जारी रहने भएकाले विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम रहेकोले सतर्कता अपनाउनसमेत महशाखाले जनायो। 'देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाले भनेको छ, 'प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell