PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा छनोट



पहिलोपोस्ट

विपुल क्षेत्री ग्रामी अवार्डको सदस्यमा छनोट

गायक विपुल क्षेत्री विश्व प्रतिष्ठित सांगीतिक अवार्ड ‘ग्रामी अवार्ड’को सदस्यमा मनोनित भएका छन्। सदस्य भएसँगै विपुलले सन् २०२२ को ग्रामी अवार्डमा मतदान गर्न पाउनेछन्।

‘हामी सबै ग्रामी हेरेर हुर्केका हौं। ग्रामीको एक मतदान सदस्य हुन पाउँदा एकदमै खुसी छु। २०२२ को नयाँ ग्रामी सदस्यको भाग बन्न र हाम्रो संगीत समुदायको सेवाको लागि निमन्त्रणा स्वीकार गर्छु,’ उनले लेखेका छन्।

रेकर्डिङ एकेडेमीले क्षेत्रीसहित दुई हजार भन्दा बढी विश्व संगीतका सर्जकलाई सदस्यतामा नियुक्त गरेको छ। क्षेत्रीका राम साइली, समय, सिण्डिकेट, कतै उसलाई, गहिरो गहिरो, आशिष जस्ता गीतहरू चर्चित छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell