PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

१३ वर्षीया किशोरीलाई कीर्तिपुरस्थित आफ्नो कोठामा पुर्‍याएर करणी गर्ने युवक समातिए



पहिलोपोस्ट

१३ वर्षीया किशोरीलाई कीर्तिपुरस्थित आफ्नो कोठामा पुर्‍याएर करणी गर्ने युवक समातिए

काठमाडौं : १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

कीर्तिपुर नगरपालिका-५ पागांलाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी प्रजाले जबरजस्ती करणी गरेको उजुरी परेको थियो।

प्रहरीले बुधवार राति युवकलाई नियन्त्रणमा लिएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell