काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘बुलाकी’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी कात्तिक १८ गते प्रदर्शन हुने पक्का भएको हो।
सार्वजनिक पोस्टरमा सुरक्षालाई हँसिया र डोको बोकेको गाउँले युवतीको रूपमा देख्न सकिन्छ। अभिनेता नरेन खड्का र विराज विष्ट पनि पोस्टरमा छन्।
राजबहादुर सानेको पटकथा तथा संवाद रहेको फिल्मले कर्णाली भेगको जनजीवन तथा संस्कृतिलाई समेटेको छ। ‘बुलाकी’ लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र विष्टले निर्माण गरेका हुन्।
फिल्ममा सुरक्षा, नरेन्द्र र विराजका साथै प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।