PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

चन्द्रागिरिस्थित प्रज्ञान सहकारीबाट १५ करोड भन्दाबढी रकम हिनामिना, एक सातादेखि अध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै सिआइबी



पहिलोपोस्ट

चन्द्रागिरिस्थित प्रज्ञान सहकारीबाट १५ करोड भन्दाबढी रकम हिनामिना, एक सातादेखि अध्यक्षलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै सिआइबी

काठमाडौं : बचतकर्ताको रकम हिनामिना गरेको अभियोगमा प्रहरीले काठमाडौंको बलम्बुमा रहेको प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

एक साताअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोलीले अनुसन्धानको क्रममा सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन सहित तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरू विरुद्ध अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका १७ मा रहेको सो सहकारीले बचतकर्ताबाट उठाएको रकम अध्यक्ष लगायतले प्रयोग गरेको उजुरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो।

'केही मानिस नियन्त्रणमा लिएका छौं। अहिले अनुसन्धानको क्रममा नै छ। केही मानिसलाई अनुसन्धानको लागि नियन्त्रणमा लिने काम पनि भइरहेको छ,' ब्युरोका एक प्रहरी अधिकृतले भने।

सहकारीले बचतकर्ताको १५ करोड रुपैयाँ भन्दा बढी हिनामिना गरेको अनुसन्धानमा खुलेको थियो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेकाले अन्य विवरण आधिकारी रुपमा सार्वजनिक भने गरेको छैन। सहकारी हिनामिना भएपछि सहकारी विभाग र चन्द्रागिरि नगरपालिकाले पनि यसको अनुसन्धान गरेको थियो। तर नगरपालिका र विभागबाट अनुसन्धान नटुङ्गिएपछि प्रहरीमा पुगेको हो।

'हामीले पनि अनुसन्धान गरेका थियौं। तर यहाँबाट नटुङ्गिएपछि प्रहरीलाई अनुसन्धान गर्न पत्र समेत पठाएका हौं,' चन्द्रागिरि नगरपालिकाका मेयर धनश्याम गिरीले भने।

बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेका पूर्व सभासद् तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंमा उनीहरू विरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगो सहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो।

तामाङ अहिले पुर्पक्षको लागि हिरासतमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell