PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

अर्बौँको चलखेल गरेर व्यापारीलाई सरकारले आयल निगम सुम्पिने तयारी गरेको पौडेलको आरोप



पहिलोपोस्ट

अर्बौँको चलखेल गरेर व्यापारीलाई सरकारले आयल निगम सुम्पिने तयारी गरेको पौडेलको आरोप
फाइल फोटो।

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। ६४औँ संसद् दिवसको अवसर पारेर आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारमाथि सो आरोप लगाएका हुन्।

उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौँ कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरु लागेको भन्दै आपत्ति जनाए। प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न गर्न चाहेको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले यो विषयलाई सञ्चार माध्यामहरुले अघि ल्याउनुपर्ने बताए।

उनले भने, ‘तपाई मिडियाहरुको माध्यमबाट एउटा कुरा जाओस्- अहिले पनि म फेरी सुन्दैछु, आयल निगमलाई पनि यस्तो व्यापारीको हातमा दिने चलखेल भइराखेका छन् रे। र, तपाईहरुलाई म सुनाउन चाहन्छु- त्यो चलखेलहरु जो हुन्छन् नि, यो चलखेलको पछाडि करोड होइन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छ? त्यो आजीवन राजा हुने भइहाल्यो नि। यसैमा पनि खेलवाड। मे के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ। यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौँ।’

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको पटक-पटक दोहोर्‍याए।

‘कहिल्यै किसानले भनेका बेलामा मल पाएका छैनन्। जहिले पनि मलको हाहाकार किन भयो? किन भएको छ भने हामीले यो कुरा बुझेनौँ–कांग्रेसभन्दा बढी एमाले समाजवादी। एमाले भन्दा माओवादी बढी समाजवादी। चर्काचर्का समाजवादी यहाँ छौँ। तर, यी चर्का समाजवादीहरुले के-के गरे? अहिले किसानलाई जुन मार परिहेको छ। महँगी त पर्‍योपर्‍यो। मलको अभावको जुन मार परेको छ। त्यतापट्टी कसको ध्यान गयो? दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्यो? त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि। तर भएन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell