PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान



पहिलोपोस्ट

६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान

काठमाडौं : सरकारले ६२ जना फिल्मकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ। बिहीबार नेपाल चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरेका हुन्। 

कलाकार सन्तोष पन्त, भुवन केसी, किरण केसी, देशभक्त खनाल, दिनेश डीसी भोला रिजाल, अर्जुन श्रेष्ठ, चैत्यदेवी सिंह, उत्तम केसी, धीरेन शाक्य, राजाराम पौडेल लगायत ६२ जनालाई चलचित्रकर्मी परिचयपत्र प्राप्त गरिएको हो।

परिचयपत्र पाउनेलाई चलचित्र विकास बोर्डले १ लाखको जीवनबिमाको व्यवस्था गरिदिएको निर्माता अर्जुनकुमारले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell