PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक



पहिलोपोस्ट

‘प्रकाश’ फिल्मको ‘जोर मैना’ बोलको गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘प्रकाश’को ‘जोर मैना’ बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दिपक शर्माको शब्द/संगीत र ध्रुव बिस्कोको स्वर रहेको छ।

जुम्लामा छायाँकन भएको फिल्मको गीतमा मुख्य पात्र प्रदिप खड्का र रेणु योगीलाई देख्न सकिन्छ। गीतमा मुख्य दुई पात्र विचको प्रेम र प्रेममा आएको बाधाअड्चनलाई प्रस्तुत गरिएको छ।

दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप र रेनुका साथै दिया मास्के, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन र राजेश श्रेष्ठको छायाङ्कन रहेको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell