PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले पारित गर्‍यो स्थानीय तह निर्वाचनको प्रतिवेदन



पहिलोपोस्ट

कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले पारित गर्‍यो स्थानीय तह निर्वाचनको प्रतिवेदन
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : नेपाली कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समितिले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकले स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा गरी समितिले तयार पारेको प्रतिवेदन पारित गरेको हो।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु तथा समितिका सदस्यहरुले प्रतिवेदनका विषयमा विभिन्न सुझावहरु दिएको कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समिति सचिवालयकी संयोजक नानु बाँस्तोलाले जानकारी दिइन्। आवश्यक सुझावहरुलाई समेटेर सो प्रतिवेदन कांग्रेसको केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय भएको पनि उनले बताइन्।

उनले भनिन्, ‘आजको बैठकमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिले प्रतिवेदन तयार पारेको थियो। त्यो प्रतिवेदनको विषयमा आन्तरिक छलफल गरेर हामीले प्रतिवेदनलाई पास गरेका छौँ। प्रतिवेदनमा ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचनमा के कस्तो अवस्थामा रह्यो र अहिले हेर्दाखेरी हामी प्रदेशमा पनि पहिलो पार्टी बनेका छौँ। त्यो विषयमा समावेश गरिएको छ। गठबन्धनका दलहरुसँग निर्वाचनमा भएका कमी, कमजोरी के भए र फाइदा हामीलाई के भयो के भएन भन्ने समावेश गरिएको छ। यो विषय छलफलकै रुपमा छ।’

उनले समितिको प्रतिवेदनमा उपसमितिहरुले दिएका प्रतिवेदनहरुलाई पनि समावेश गरिएको बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell