PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी



पहिलोपोस्ट

मधेश प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी
फोटो : न्युज एजेन्सी नेपाल

काठमाडौं : मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन्। बिहीवार किसानहरुले विभिन्न पाँच बुँदे माग राख्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन्।

किसानहरूले अदालतको आदेशअनुसार शीतभण्डार निर्माणको रकम भुक्तानी हुनुपर्ने, किसानलाई समयमा पर्याप्त मल, खाद्य, बीउ उपलब्ध गराउनुपर्ने, मन्त्रालयको अनुदान सेवा, सुविधा र विभिन्न योजनाहरूमा एकरूपता गरी किसानहरूको हकहित सुनिश्चितता हुनुपर्ने, विभिन्न कारणले बालीहरूमा भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने मागसहित धर्नामा बसेका छन्।

जनता समाजवादी पार्टी, नेपालका प्रदेश उपाध्यक्ष शेषनारायण यादवले आफूहरूको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए।

धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ३ मा जनहित कृषक समूहका किसानहरूको चिस्यान केन्द्रमा करिब अढाई करोडको लगानी गरेको तीन वर्ष हुँदा पनि भुक्तानी नपाउँदा किसानहरु समस्यामा परेका छन्। त्यस्तै, सर्लाहीको बरहथवा नगरपालिकामा निर्माणाधीन अवस्थामा भएको चिस्यान घरको निर्माणमा अढाई करोड खर्च भएपनि मन्त्रालयले भुक्तानी दिन नमानेपछि त्यहाँका किसानहरू पनि समस्यामा परेको किसानहरुको गुनासो छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell