PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु



रासस

बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना, एक जनाको मृत्यु
Photo:facebook.com/deuja.kiran

बनेपाः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका -११ को अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३८ जना घाइते भएका छन्। कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए।

उनका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ। घाइतेमध्ये केहीलाई शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल धुलिखेल, भोमी अस्पताल बनेपा जनागाल र सामान्य घाइतेको अपाङ्ग बाल अस्पतालमा नै उपचार भइरहेको छ।

घाइतेको थप विवरण आउन बाँकी रहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell