PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

यौन दुर्ब्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका वार्डेन पूर्पक्षको लागि थुनामा, डिल्लीबजार कारागार चलान



पहिलोपोस्ट

यौन दुर्ब्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका वार्डेन पूर्पक्षको लागि थुनामा, डिल्लीबजार कारागार चलान

काठमाडौं: बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतलाई पूर्पक्षको लागि थुनामा पठाइएको छ। बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंको आदेश अनुसार थुनामा पठाइएको हो। काठमाडौं प्रहरीले अभियुक्तलाई जेठ २१ गते रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। वार्डेनले  होस्टलमा बस्ने बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका भिडिओ देखाउने गरेको आरोप लागेपछि प्रहरीले वार्डेनलाई खोजी गरेको थियो। ।

पीडितका आफन्तले उजुरी गरेपछि महानगरीय प्रहरी वृत बौद्धको टोली घटनास्थल पुगेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell