PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

काठमाडौं महानगरमा करिब २०० वटा शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने, संकेत चिह्न लगाउने काम जारी



पहिलोपोस्ट

काठमाडौं महानगरमा करिब २०० वटा शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने, संकेत चिह्न लगाउने काम जारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र संकेत चिह्न लगाउने तयारी गरेको छ।  

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय संचालनका लागि महानगरभित्रका ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ। सर्वसाधारणलाई सहज होस् भनेर महानगरले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। 

प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको संकेत चिह्न राख्न लागिएको  हो। चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन्। संकेत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बिच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ। संकेत

चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ। चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जनाएको छ। 

सम्झौताअनुसार महानगरमा करिब २०० शौचालय संचालनमा आउने छन्। जसमध्ये १०० वटामा चिह्न लगाइसकेको महानगरले जनाएको छ। यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ। शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक-एक प्रतिनिधि तोकिएको छ। उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ।

सम्झौता गरिएका संघ संस्थाहरु

१. टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार

२. पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल

३. डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु

४. देवयानी इन्टरनेशनल नेपाल प्रालि अन्तर्गत

क. पिजा हट, वडा नम्बर १ दरबारमार्ग

ख. केएफसी, वडा नम्बर १ दरबारमार्ग

ग. केएफसी, वडा नम्बर ६ बौद्ध

५. डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर

६. होटल रत्नज्योती, पेरिसडाँडा

७. नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा। लि, शंखमुल

८. खानेकुरा प्रालि, गौशाला

९. सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

१०. बेबिलोन नेशनल स्कूल, शान्तिनगर

११. ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार

१२. नेपालय पब्लिकेसन, डिल्लीबजार

१३. बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा

१४. गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

१५. घराना लञ्च एण्ड बार, बानेश्वर

१६. कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

१७. सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

१८. नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक

१९. आरडीएक्स बार प्रालि, ठमेल

२०. नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट

२१. कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार

२२. बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमुल

२३. नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी

२४. सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

२५. बिन्का लङ्, छाउनी

२६. प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध

२७. मिलाल्याण्ड डिभलपमेन्ट प्रालि, कलंकी

२८. क्रिम्पजी एडभान्चर हव, बौद्ध

२९. बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

३०. अनुपम फुडल्याण्ड, बत्तीसपुतली

३१. रिट्रिप क्याफे, बौद्ध

३२. चिकेन स्टेशन

३३. स्तुपा हब, बौद्ध

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell