PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

तारक मेहताका उल्टा चश्मामा नयाँ नट्टु काकाको इन्ट्री



पहिलोपोस्ट

तारक मेहताका उल्टा चश्मामा नयाँ नट्टु काकाको इन्ट्री

भारतीय च्यानल सोनी सबबाट प्रशारण हुने ‘तारक मेहताका उल्टा चश्मा’मा नट्टु काकाको भूमिकामा नयाँ कलाकारलाई भित्र्याइएको छ। यसअघि नट्टु काकाको भूमिका निर्वाह गरिरहेका घनश्याम नायकको निधन भएपछि शोमा नयाँ कलाकारलाई प्रवेश गराइएको हो।

शुक्रवारको शोमा भेटरन थिएटर कलाकार किरण भट्टलाई नयाँ नट्टु काकाका रुपमा प्रस्तुत गरिएको छ। भट्ट र नायक साथी थिए। उनले नायकले निर्वाह गरेको भूमिकालाई न्याय दिन आफूले प्रयास गर्ने बताएका छन्। शोका दर्शकहरुले यसअघिका नट्टु काका जस्तै नयाँ नट्टु काका नहुने भए पनि नयाँलाई मौका दिनुपर्ने बताइरहेका छन्। शोमा यही वर्ष नयाँ दया लाई तयारी निर्माता असितकुमार मोदीले गरेका छन्।

पछिल्लो समय शोमा धेरै कलाकारहरु परिवर्तन भइरहेका छन्। र, शोको स्क्रिप्ट पनि कमजोर भइरहेको छ। जसकारण दर्शकहरुले शोका निर्मातालाई कलाकारको चयन र स्क्रिप्टमा ध्यान दिन आग्रह गरिरहेका छन्। 

तारक मेहताका उल्टा चश्माको प्रशारण २००८ को जुलाइ २९ बाट सोनी सबमा सुरु भएको थियो। त्यसयता शो निरन्तर चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell