PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

दाङमा बाइक र साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु



पहिलोपोस्ट

दाङमा बाइक र साइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं : दाङको घोराहीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको। यस्तै, अन्य दुईजना घाइते भएका छन्।

गए राति घोराही उपमहानगरपालिका-७ बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९२२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक  मुकुन्दप्रसाद रिजालले जानकारी दिए। उक्त दुर्घटनामा मोटरसाइकल चालक घोराही-१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही-७ का १६ वर्षीय रितेश केसीको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार घोराही-७ का ३८ वर्षीय वसन्त चौधरी र साइकलयात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घाइते भएका छन्। घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। भण्डारीको हात र खुट्टामा चोट लागेको छ। चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell