PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध



पहिलोपोस्ट

पहिरोका कारण जाजरकोट-डोल्पा सडक अवरुद्ध
File Photo

काठमाडौं : जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ। जाजरकोटको नलगाड नगरपालिका-८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको हो।

आज बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन्। सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए। कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ। नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतिको काम भइरहेको छ।

मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन्। ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell