PahiloPost

Jun 25, 2025 | ११ असार २०८२

'अर्थमन्त्रीलाई हामी बहिस्कार गर्दैछौ' भन्दै जब राष्ट्रिय सभाबाट बाहिरिए एमाले सांसदहरु



पहिलोपोस्ट

'अर्थमन्त्रीलाई हामी बहिस्कार गर्दैछौ' भन्दै जब राष्ट्रिय सभाबाट बाहिरिए एमाले सांसदहरु

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा पनि अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ। शुक्रवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको भन्दै एमालेले बहिष्कार गरेको हो।

शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरुलाई संलग्न गराएको भन्दै एमालेले अर्थमन्त्री जनार्दन शर्मा सहभागी हुने सदनको कारवाही बहिष्कार गरिरहेको छ। एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको माग पुरा नभएको भन्दै बहिष्कार गरेको राष्ट्रिय सभालाई जानकारी गराएका थिए। 

'अर्थमन्त्रीले राजीनामा दिनुभएको पनि छैन। छानबिनका लागि समिति बनाउ भन्दा पनि उहाँले आँट गर्नुभएन। प्रधानमन्त्रीले पनि त्यसप्रति चासो देखाउनुभएन। अर्थमन्त्री सामेल हुने कार्यसूचीमा बहिष्कार गर्ने संसदीय दलको निर्णय भएकाले हामी बहिष्कार गर्दै छौ,' उनले भने। त्यसलगतै एमालेका सांसदहरुले राष्ट्रिय सभालाई छोडेर बाहिरिएका थिए।

शर्माले एमालेका सांसद बाहिरिएपछि प्रस्ताव प्रस्तुत गरेका थिए। शर्माको पालो सकिएपछि मात्रै एमालेका सांसदहरु बैठकमा फर्किएका थिए। त्यसलगतै नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी खापुङले औषधि तेस्रो संशोधन विधेयक प्रस्ताव गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell