PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली चलचित्र र कलाबारे प्रचण्ड र राजेश हमालबिच छलफल



पहिलोपोस्ट

नेपाली चलचित्र र कलाबारे प्रचण्ड र राजेश हमालबिच छलफल

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबिच भेटवार्ता भएको छ। अध्यक्ष दाहालको निवास खुमलटारमा शुक्रवार भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको बताइएको छ।

भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाका अनुसार उनीहरूबिच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो।

अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनका लागि राज्यका तर्फबाट जे-जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताएका थिए। नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्‍याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गरेको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गरेका थिए।

कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुवात भएकामा प्रशन्नता व्यक्त गरेका थिए।

उनले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताए। भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्चा भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell